site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनाङ एयरको हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटना : ६ जनाकै मृत्यु

 काठमाडौं । मनाङ एयरको एक हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटनामा पर्दा त्यसमा सवार ६ जनाकै मृत्यु भएको छ । पाँच जना मेक्सिकोका नागरिक र एकजना पाइलट रहेका थिए । माउन्टेन फ्लाइटमा गएर काठमाडौं फर्किँदै गर्दा उक्त हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

९एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट स्थानीय समयअनुसार बिहान १०ः५मा पाँच जना यात्रु लिएर काठमाडौंका लागि उडेको थियो । उडेको केहीबेरमै सम्पर्कविहीन भएको थियो । उडेको ८ मिनेटमै सम्पर्कविहीन भएको हेलिकोप्टर पिके पिक क्षेत्रमा दुर्घटनामा परेको थियो ।

Dabur Nepal
NIC Asia

१० बजेर १३ मिनेट जाँदा लुक्लास्थित टावरमा अन्तिमपटक सम्पर्क भएको र त्यसपछि उक्त हेलिकोप्टर सम्पर्कमा आउन नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिँदै त्यसमा सवार ६ जनाकै शव फेला परेको बताए । हेलिकोप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  हिजो माउन्टेन फ्लाइटमा गएको हेलिकोप्टर लुक्लामा बसेर त्यहाँबाट फर्किँदै गरेको थियो ।

बिहानैदेखि सो क्षेत्रमा मौसम खराबीका कारण लुक्लाबाट उडेको सुर्के ल्यान्ड गरेको थियो । सुर्केपछि थोप्तेन छोलिङ क्षेत्रमा पनि ल्यान्ड गरेको पाइएको छ । त्यसपछि उडेको हेलिकोप्टर लामजुरा पास क्षेत्रमा आएपछि सम्पर्कविहीन भएको बताइएको छ ।

उद्धारका लागि गएका अल्टिच्युड एयरका दुई हेलिकोप्टर दुर्घटनाग्रस्त क्षेत्रमा ल्यान्ड गर्न सकेनन् ।  सो एयरले दिएको जानकारीअनुसार दुर्घटनाग्रस्त क्षेत्रमा खराब मौसमका कारण अवतरण हुन नसकेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro