site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘वडा नै नभएको ठाउँमा बजेट गयो’ 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा सदस्य दिलकुमार थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छन् । मंगलबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।

चितवनको माडी नगरपालिकामा नौवटा वडा रहेको तर केन्द्र सरकारबाट १०औँ वडामा बजेट विनियोजन गरिएको भन्दै उनले आपत्ति जनाइन् । देश संघीयतामा गइसकेपछि पनि केन्द्रबाट लाखका योजना गइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बिरामीको उपचारलाई सहज बनाउनेतर्फ सरकार लाग्नुपर्नेमा उनले जोड दिइन् । 

“एकातिर बिरामीहरूको उपचारलाई सहज बनाउनेतर्फ सरकारको दायित्व हो भने अर्को, रोगै लाग्न नदिन निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । औषधि उत्पादनतर्फ हेर्दा औषधिको उत्पादन, भन्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्छ,” उनले भनिन्, “अर्थ मन्त्रालय बजेट बाँडफाँट गर्ने मन्त्रालय हो, तर आज अर्थ मन्त्रालय, अर्थ मन्त्रालयमा सबैभन्दा धेरै ५७ प्रतिशत बेरुजु भइरहेको छ । यो के भइरहेको छ ? योजना आयोग र वित्त आयोगहरूले सिफारिस गरेको कुरा किन कार्यान्वयन हुन सक्दैनन् ? प्रधानमन्त्रीकै अध्यक्षतामा रहेको राष्ट्रिय योजना आयोग, संवैधानिक आयोग, प्राकृतिक तथा स्रोत वित्त आयोगको कार्यान्वयन भएको छैन । चितवनको माडीमा नौवटा वडा छ, तर १०औँ वडामा संघ सरकारबाट बजेट विनियोजन भएको छ । १० लाख सिँचाइ मन्त्रालयअन्तर्गत भएको छ । नौ किलो सडकका लागि भौतिक मन्त्रालयबाट पाँच लाख विनियोजित भएको छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय