site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नदी कटान नियन्त्रणका लागि तटबन्ध
प्रतीकात्मक तस्बिर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा कटान र पहिरो नियन्त्रण गर्न तटबन्ध र पक्की पर्खाल निर्माण गरिएको छ । सरस्वती मावि रहेको फापरखेत, मसार र उपल्लो तातोपानी बजारमा म्याग्दी नदीको कटान र पहिरो रोकथामका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण र बृहत् जलाधार आयोजनाको सहयोगमा संरचना निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष कुमार केसीले सरस्वती मावि पछाडिको पहिरो र कटान रोकथामका लागि तीन तहको पक्की पर्खालका साथै तातोपानी बजार र प्राकृतिक तातोपानी कुण्ड संरक्षण गर्न ग्यावियन पर्खाल निर्माण भएको जानकारी दिए ।  

Dabur Nepal
NIC Asia

“तातोपानी बजारमा नदी र पहिरो नियन्त्रण गर्न यस वर्ष रु ९५ लाख बराबरको काम भएको छ”, उनले भने, “पहिलो चरणमा प्राप्त रु ५० लाख अनुदानबाट सरस्वती मावि पछाडि म्याग्दी नदी किनारमा ५०–५० मिटर लामो र चार मिटर अग्लो रिटेनिङ पर्खाल लगाइएको थियो । असार महिनामा आएको रु ३५ लाख बजेटबाट यसअघि बनाइएको पर्खालमाथि पहिरो रोकथामका लागि थप ४९ मिटर लामो र चार मिटर अग्लो पर्खाल बनाउने काम सकिएको छ ।”

मसार क्षेत्रमा पर्खाल लगाउने तयारी गरिए पनि असार लागिसकेको र म्याग्दी नदीमा पानीको सतह बढेकाले त्यहाँ काम गर्न नसकिने भएपछि पहिरो रोकथाम गर्न थप पर्खाल बनाएको केसीले बताए । यसैगरी बृहत् जलाधार आयोजना कास्कीको रु १० लाख सहयोगमा तातोपानी बजार तथा कुण्ड संरक्षणका लागि म्याग्दी नदी किनारमा ६२ मिटर लामो ग्यावियन पर्खाल निर्माण गरिएको छ ।

विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फारखेतमा रहेको सरस्वती मावि, ज्वालामाई आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । एकासी घरधुरीको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ । 

तातोपानी र मसारमा कटान नियन्त्रणका गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु ३५ लाख विनियोजन भएको गण्डकी प्रदेश सभासदस्य हरिबहादुर भण्डारीले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro