site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्रिमियाको पुल विस्फोटमा युक्रेनकै संलग्नता !

काठमाडौं ।  रुस र क्रिमियालाई जोड्ने पुलमा गत अक्टोबरमा भएको विस्फोटमा युक्रेनकै संलग्नता रहेको देखिएको छ । युक्रेनकी उपरक्षामन्त्री हन्ना मलियारले पुल विस्फोटको घटनालाई आफ्नो उपलब्धिका रूपमा व्याख्या गरेकी छन् ।

५०० दिनअघि रुसले सुरु गरेको आक्रमणपछिका १२ युक्रेनी उपलब्धि भन्दै उनले टेलिग्राममा सूची सार्वजनिक गरेकी छन् । “२७३ दिनअघि हामीले रुसी आपूर्ति रोक्न क्रिमियाको पुलमा पहिलो विस्फोट गर्‍यौँ,” भनेर उनले टेलिग्राममा लेखेको सीएनएनले उल्लेख गरेको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, ४५१ दिनअघि डुबेको रुसी नौसेनाको निर्देशित मिसाइल क्रुजर मोस्कभा र ३७३ दिनअघि स्नेक आइल्यान्डलाई आफ्नो नियन्त्रणमा लिएको कुरालाई पनि उनले उक्त सूचीमा राखेकी छन् ।

रुसी मुख्यभूमि र क्रिमिया प्रायद्वीपबीचको प्रमुख मार्गमा रहेको केर्च पुलमा भएको आक्रमणले रुसी ढुवानीलाई कमजोर पारेको थियो भने युक्रेनका लागि एक किसिमको जितको चर्चा बनेको थियो ।

युक्रेनी अधिकारीहरूले त्यतिबेला पुल विस्फोटमा खुसी मनाए पनि स्पष्टरूपमा जिम्मेवारी भने लिएका थिएनन् । अहिले युक्रेनकी उपरक्षामन्त्री मलियारले पुल विस्फोट पछाडि आफ्नै सेनाको हात रेहेको स्वीकार गरेको देखिएको हो ।

सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro