site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसरी बाहिरिएको थियो नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र, अलब्राइटविरुद्ध जाहेरी

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले अलब्राइट इन्स्टिच्युटविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएको छ । प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा काउन्सिलले आइतबार ब्युरोमा जाहेरी दिएको काउन्सिलकी अध्यक्ष सरला केसीले जानकारी दिइन् । 

काउन्सिलले शनिबार लिएको नर्सको ३३औँ नाम दर्ता लाइसेन्स परीक्षामा सिद्धार्थ बनस्थली इन्स्टिच्युटमा रहेको केन्द्रबाट प्रश्नपत्र बाहिरिएको थियो । काउन्सिलले भने लिटिल एन्जल्स स्कुल ललितपुर र वाग्मती कलेज काठमाडौं केन्द्रबाट पनि प्रश्नपत्र बाहिरिएको दाबी गरेको छ । 

यसरी भएको थियो प्रश्नपत्र आउट 

Dabur Nepal
NIC Asia

नेपाल नर्सिङ काउन्सिलले वार्षिक तालिका अनुसार असार २३ र २५ गते विभिन्न तहको लाइसेन्स परीक्षाको मिति तोकेको थियो । जसअनुसार शनिबार पीसीएल नर्सहरूको लाइसेन्स परीक्षा भएको थियो ।

परीक्षा अवधि बिहान ९ देखि ११ः३० सम्म तोकिएको थियो । बनस्थली केन्द्रमा परीक्षा दिइरहेकामध्ये एक विद्यार्थी एक घण्टापछि शौचालय गएर फर्किने क्रममा ढिलो आएपछि गार्डले चेक गर्दा मोबाइलबाट प्रश्नपत्र आउट भएको पाइएको थियो । 

पोखराको नर्सिङ तयारी कक्षा पढाउने अल ब्राइट इन्स्टिच्युटको म्यासेन्जर ग्रुपमा प्रश्नपत्र पठाइएको र सो म्यासेज केही समयमै चारसय जना भन्दा बढीले ‘सिन’ गरेको पाइएको काउन्सिलकी अध्यक्ष केसीले बताइन् । प्रश्नपत्र आउट गर्ने, उत्तर पठाउनेलगायतका कार्यमा मुख्य भूमिका अलब्राइट इन्स्टिच्युटको नै रहेको काउन्सिलको दाबी छ ।

प्रश्नपत्र आउट गरेको आरोपामा कास्की लेखनाथकी २० वर्षीया समीक्षा थापा, धादिङ त्रिपुरासुन्दरीकी २३ वर्षीया सविना आले र कास्की लेखनाथकै २० वर्षीया भावना गुरुङलाई बालाजु प्रहरी वृत्तले पक्राउ गरेको छ । 

शनिबार पक्राउ परेका उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी प्रवत्ता एसपी सीताराम रिजालले बताए ।

"अहिलेलाई पक्राउ परेका तीनजनालाई नै म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ । थप अनुसन्धान उनीहरूको बयानका आधारमा हुने छ," रिजालले बाह्रखरीसित भने । 

यता काउन्सिलले विशेष कारण देखाएर अहिलेलाई परीक्षा नतिजा स्थगित गरिएको सूचना जारी गरेको छ । स्थगित भएको परीक्षा पुन: सञ्चालन गर्ने वा नगर्नेबारे काउन्सिलले कुनै निर्णय गरेको छैन । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro