site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डका कर्तुतहरू धेरै देखिए : सांसद न्यौपाने
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भगवती न्यौपानेले जनताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रहसन हेर्न बाध्य हुनुपरेको बताएकी छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्ड राष्ट्रघाती भएको आरोप लगाइन् । देश र जनतालाई ढाँट्न प्रचण्ड माहिर रहेको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहसन गरिरहनुभएको नाटक हेरिरहेका छौँ । विगतमा जनयुद्ध गर्दै गर्दा उहाँ र एकजना नेताले भारतलाई लेखेको पत्र सार्वजनिक भएको थियो । उहाँ देश र नेपाली जनतालाई ढाँट्नुहुन्छ,” उनले भनिन् ।

बैठकको सुरुआतमै राष्ट्रियसभा सदस्य न्यौपानेले प्रधानमन्त्री प्रचण्डबाट एकपछि अर्को नियमित गल्ती भइरहेको आरोप लगाइन् ।

“उहाँको कर्तुतहरू धेरै देखिए । एमसीसीको विरुद्धमा नेपालमा बोल्नुभयो, तर बोर्डलाई पत्र लेख्नुभयो, पारित गर्ने बाचा गर्नुभयो । यति समयभित्र पास गर्छौँ भनेर लेख्नुभयो । पारित गर्नुभयो । यहाँ कार्यकर्ता उफार्नुभयो । उहाँ नाटक गर्न माहिर हुनुहुन्छ,” उनले भनिन्, “भारतलाई नेपालको सरकार बनाउन खुला रूपमा आमन्त्रण गर्नुभएको छ । केही समयअघि पनि, कम्फर्टेबल सरकार बनाउन केही समयअघि सहयोग माग्नुभयो । यस्ता गल्ती धेरै गर्नुभयो । भारतमा जाँदै गर्दा राष्ट्रघाती सहमति गरेर आउनुभएको छ । ईपीजीको विषयमा के कुरा राख्नुभयो भनेर प्रश्न राख्दा केही कुरा उठाएको भए खत्रक्कै पर्छु भनेर कुरा उठाइनँ भन्नुभयो ।”

उनले प्रधानमन्त्री प्रचण्डले संसद्को धेरै अपमान गरेको भन्दै कानुन र संविधान च्यात्ने काम समेत भएको जिकिर गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu