site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा थपिए तीन मन्त्री
Tiktok banner adTiktok banner ad

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिमण्डल विस्तार गरेका छन् । आइतबार नियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । आचार्य यसअघि नेकपा (एमाले) नेतृत्वको सरकारमा वन तथा पर्यटनमन्त्री थिए ।

माओवादी केन्द्रकै राजेन्द्र कार्की र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामकुमार खत्रीले पनि मन्त्रीको शपथ लिएका छन् । उनीहरूलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

थापा गएको बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्रीसँगै एकीकृत समाजवादी र कांग्रेसबाट एक/एक मन्त्रीले शपथ लिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro