site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेदरल्यान्ड्स १२ वर्षपछि एकदिवसीय विश्वकपमा छनोट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डलाई चार विकेटले पराजित गर्दै नेदरल्यान्ड्स १२ वर्षपछि आईसीसी क्रिकेट विश्वकपमा छनोट भएको छ । नेदरल्यान्ड्सले पछिल्लोपटक सन् २०११ को विश्वकप खेलेको थियो ।

यो खेलसँगै छनोटबाट विश्वकप खेल्ने दुई टिमको टुंगो लागेको छ । छनोटबाट शीर्ष स्थानमा रहेको श्रीलंकाले भारतमा हुने विश्वकपमा स्थान बनाइसकेको छ ।

छनोटको सुपर सिक्समा श्रीलंकासँगै वेस्ट इन्डिज, ओमान, जिम्बाब्वे, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् । नेदरल्यान्ड्सले जिम्बाब्वे र वेस्ट इन्डिजजस्ता टेस्ट राष्ट्रलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । अब सुपर सिक्सको अन्तिम खेलमा श्रीलंका र वेस्ट इन्डिजले खेल्न बाँकी छ ।

बिहीबार जिम्बाब्वेको बुलावाओस्थित क्विन्स स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको २७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाएर भेट्टाउदै विश्वकपमा स्थान पक्का गर्‍यो।

नेदरल्यान्ड्सको जितमा बास डे लिडेले १२३ रन बनाए । उनले ९२ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । विक्रमजित सिंहले ४०, साहिक जुल्फिकरले ३३, कप्तान स्कट एडवार्डले २५, म्याक्स ओ‘डाडले २० र वेस्ली बरेसीले ११ रन जोडे ।

स्कटल्यान्डका मिचेल लिएस्कले दुई विकेट लिए । ब्रान्डन म्याकमुलम, वार्क वाट र क्रिस ग्रेभेसले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २७७ रनको योगफल खडा गरेको थियो ।

स्कटल्यान्डका ब्रान्डन म्याकमुलेले १०६ रन बनाए । कप्तान रिची बेरिङ्टनले ६४ रन थपे । टोमस म्याकिनटोसले ३८, क्रिस्टोफर म्याकब्रिडले ३२ र क्रिस ग्रेभेसले १८ रन जोडे ।

नेदरल्यान्ड्सका बास डे लिडेले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका लिडेले ५२ रन बनाए । र्यान क्लेइनले दुई विकेट लिँदा लोगन भान बीकले एक विकेट हात पारे ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro