site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘रेडियोधर्मी पानी’ समुद्रमा छोड्दै जापान, जलचरदेखि मानिसलाई कस्तो खतरा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । जापानले मंगलबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)बाट रेडियोधर्मी पदार्थ मिसिएको (रेडियोएक्टिभ) पानी समुद्रमा छोड्ने अनुमति पाएको छ ।

जापानको ओकुमा सहरमा अहिले कामविहीन भइसकेको ‘फुकुसिमा दाइची आणविक ऊर्जा प्लान्ट’ सन् २०११ को मार्च ११ मा आएको भूकम्प र सुनामीका कारण दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा प्लान्टबाट ठूलो मात्रामा रेडियोएक्टिभ पदार्थ बाहिरिएको थियो र यसले मानिसका लागि संकट सिर्जना गरेको थियो ।

सुनामी ठोक्किएपछि चिस्यान प्रणाली बिग्रिएको थियो र फलस्वरुप आणविक प्लान्टका रिएक्टरहरू पग्लिएका थिए । यसले आणविक (न्युक्लियर) दुर्घटना निम्त्याएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् १९८६ को अप्रिल २६ मा सोभियत संघको युक्रेनमा चेर्नोबिल आणविक ऊर्जा केन्द्रमा भएको दुर्घटनापछिको यो ठूलो आणविक दुर्घटना थियो । दुर्घटनालगत्तै विज्ञहरुले यसको सफाइको काममा दशकौँ लाग्न सक्ने र अर्बाैं डलर खर्च हुनसक्ने भनेका थिए ।

कति पानी निस्कासन गरिँदै छ समुद्रमा ?

Global Ime bank

न्युक्लियर रिएक्टरमा फ्युल रडमा मिसिएर दूषित भएपछि पानी केही शुद्ध गरिएको थियो । त्यहाँ रहेका ट्याङ्कीहरूमा अहिले करिब १३ लाख टन रेडियोएक्टिभ पानी रहेको छ । यो पानी ओलम्पिक आकारको ५०० वटा स्विमिङ पूल भर्न सकिने मात्रा हो । यसमा जमिनको पानी, आकाशबाट खसेको पानी र चिस्यानका लागि प्रयोग गरिएको पानीको मिश्रण हो ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले तटीय क्षेत्रबाट प्रशान्त महासागरमा पानी निस्कासन गर्नुअघि नियामक निकायले तय गरेको ट्रिटियमको न्यूनतम स्तरभन्दा तल नआएसम्म पानीलाई पातलो (डाइल्युट) गर्ने भनेको छ ।

कम्पनीले ‘आइसोटोप’ हटाउन दूषित पानी फिल्टर गर्दै आएको छ र अन्त्यमा ट्रिटियम मात्र बाँकी रहन्छ । हाइड्रोजनको रेडियोएक्टिभ आइसोटोप ट्रिटियम पानीबाट अलग गर्न निकै गाह्रो हुन्छ ।

समुद्रमा छोड्ने भनिएको पानीमा ट्रिटियम रहनेछ । यो विश्वव्यापी रुपमै आणविक प्लान्टले समुद्रमा निस्कासन गर्छन् । मानिसको छालाभित्र प्रवेश गर्नसक्ने रेडिएसन उत्सर्जन गर्न नसक्ने भएका कारण यसलाई कम हानिकारक मानिएको छ ।

तर, यसको सेवनले क्यान्सरको जोखिम निम्त्याउन सक्छ । जापानले रेडियोएक्टिभ पानी समुद्रमा छोड्ने काम एक दुई दिनको नभएर दशकौँ लाग्ने बताइएको छ ।

जापानले यसै गर्मीयामदेखि नष्ट भइसकेको आणविक ऊर्जा केन्द्रको पानी प्रशान्त महासागरमा छोड्न चाहेको छ ।

राष्ट्रसंघको अनुमति

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) संयुक्त राष्ट्र संघीय आणविक पर्यवेक्षक (वाचडग) हो । प्रशोधित पानीलाई डाइल्युट गरी दशकौँ लगाएर समुद्रमा छोड्ने जापानको योजना अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड सान्दर्भिक रहेको यसको भनाइ छ ।

प्रशोधित पानीलाई नियन्त्रित तरिकाले समुद्रमा छोड्दा मानिस र वातावरणमा ‘रेडियोलोजिकल’ प्रभाव नगण्य पर्ने आईएईएले जनाएको छ ।

रेडियोएक्टिभ पानीलाई समुद्रमा छोड्ने योजना वर्षाैंदेखि बनेको हो ।

जापानका प्रधानमन्त्री र विदेशमन्त्रीलाई भेटेपछि आईएईएका प्रमुख राफेल ग्रोसीले दुई वर्ष लगाएर यो योजनाको समीक्षा गरिएको बताएका छन् ।

आईएईएकै प्रयोगशालामा पानी परीक्षण गरिएको र थप निष्पक्ष नतिजाका लागि स्वतन्त्र प्रयोगशालाहरुलाई पानीको नमूना पठाइएको उनले बताएका छन् ।

चीनदेखि फ्रान्ससम्मका प्लान्टले पनि पहिले यसरी पानी निस्कासन गरेको उल्लेख गर्दै यो नयाँ कुरा नभएको आईएईएको भनाइ छ । आईएईले यो प्रक्रियाको निरन्तर निगरानीका लागि फुकुसिमामा स्थायी कार्यालय खोल्ने बताएको छ ।

बढ्दो चिन्ता

चीन र दक्षिण कोरियाले जापानको यो कदमलाई लिएर चिन्ता व्यक्त गरेका छन् । यस आसपासका क्षेत्रबाट बनाइने नुनलाई लिएर चिन्ता बढेको छ भने फुकुसिमाका माछा मार्ने समुदायमा पनि डर बढेको छ ।

टेप्को कम्पनीले माछा मार्ने समुदाय र अन्य सरोकारवालासँग संलग्न भएर काम थालेको छ । यस क्षेत्रबाट उत्पादन हुने खाद्यान्नमा कुनै शंका उत्पन्न हुन नदिन पसल एवं रेस्टुरेन्टहरुमा कृषि, माछापालन र अन्य उत्पादनको प्रवर्द्धन गरिरहेको बताइएको छ ।

यसबाहेक रेडियोधर्मी पदार्थ मिसिएको पानीले समुद्री जीवनमा पार्ने प्रभावलाई लिएर पनि उत्तिकै चिन्ता छ । जलीय बोटविरुवा प्राणी र ब्याक्टेरिया हुँदै खाद्य श्रृंखलासम्ममा यसले असर पार्न सक्ने ठानिएको छ ।

आईएईएका प्रमुख राफेल ग्रोसीले बढ्दो चिन्ताकाबीच दक्षिण कोरिया, न्युजिल्यान्ड र कुक टापुको भ्रमण गरी चिन्ताबारे छलफल गर्ने बताएका छन् ।

सन् २०११ को भूकम्प

सन् २०११ को मार्च ११ मा जापानको सेन्डाई सहरबाट करिब ८० किलोमिटर पूर्व प्रशान्त महासागरमा केन्द्रबिन्दु भएर नौ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । जसले सुनामी निम्त्याएको थियो ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार यो जापानमा रेकर्ड गरिएयता आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो । र, सन् १९०० यता विश्वभर आएको चौथो शक्तिशाली भूकम्प थियो ।

आधिकारिक तथ्याङ्कअनुसार २०११ को प्रकोपमा मृत्यु र बेपत्ता हुनेको सङ्ख्या १८ हजार ५०० थियो । अर्को तथ्यांकले यो संख्या कम्तिमा २० हजार रहेको अनुमान गरेको थियो । धेरै मानिसहरुले सुनामीको छालमा डुबेर ज्यान गुमाएका थिए । -विअन न्युजबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement