site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिजलाई ओमानले दियो २२२ रनको लक्ष्य 

काठमाडौं । ओमानले आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा दुई पटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बुधबार जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२१ रनको योगफल खडा गर्‍यो ।

Dabur Nepal
NIC Asia

ओमानका लागि नेपाली मुलका सुरज कुमारले अविजित ५३ रन बनाए । सुरजले ६५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सोएब खानले ५० रन थपे । आयान खानले ३०, कश्यप प्रजापतिले ३१ र मुहम्मद नदिमले २० रन जोडे । 

वेस्ट इन्डिजका रोमारियो सेफर्डले तीन विकेट लिए । काइल मयेर्सले दुई र केभिन सिनक्लाइरले एक विकेट लिए । 

पहिलो जितको खोजीमा रहेका दुवै टिमको विश्वकप खेल्ने सम्भावना समाप्त भइसकेको छ । सुपर सिक्समा अंकविहीन वेस्ट इन्डिज पाँचौँ र ओमान पुछारमा छ । सुपर सिक्समा ओमानको यो अन्तिम खेल हो ।

छनोटबाट शीर्ष स्थानमा रहेको श्रीलंकाले भारतमा हुने विश्वकपमा स्थान बनाइसक्दा अर्को एक टिमको टुंगो लाग्न भने बाँकी छ ।

सुपर सिक्समा श्रीलंकासँगै वेस्ट इन्डिज, ओमान, जिम्बाब्वे, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro