site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक हजार २४ जनामा डेंगी पुष्टि, गत वर्षभन्दा संक्रमित घट्ने
SkywellSkywell

काठमाडौं । सन् २०२३ सुरु भएयता नेपालमा एक हजार २४ जना डेंगी संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ६ महिनामा सो संख्यामा संक्रमित थपिएका हुन् । डेंगीबाट पछिल्लो ६ महिनामा एकजनाको मृत्यु भएको छ । 

काठमाडौं उपत्यकामा भने जनवरीयता ९३ जना संक्रमित भएको महाशाखाको तथ्यांक छ । काठमाडौंमा ४६, भक्तपुरमा ३५ र ललितपुरमा १२ जनामा डेंगी पुष्टि भएको हो । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार दार्चुला, कास्की, धादिङ लगायतका जिल्लामा संक्रमित धेरै भेटिएका छन् । सन् २०२३ मा गत वर्षभन्दा संक्रमित कम हुने आँकलन महाशाखाको छ । 

KFC Island Ad
NIC Asia

“पानी परेपछि केही संख्या त थपिन्छ नै गतवर्ष देखिएका सहरहरूमा योवर्ष कम देखिएला भन्ने हाम्रो आँकलन हो,” डा. दाहालले भने ।  गतवर्ष जुलाइदेखि संक्रमितको संख्या उच्च हुँदै गएको थियो । 

गतवर्षजस्तै डेंगीको अवस्था भयावह हुन नदिन आ आफ्नो तहबाट रोकथामका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए । सन् २०२२ मा हालसम्मकै सबैभन्दा धेरै ५४ हजार ७७४ जनामा डेंगी देखिएको थियो भने संक्रमणका कारण ८८ जनाको मृत्यु भएको थियो । 

Royal Enfield Island Ad

यसवर्ष सरकारले डेंगी फैलिन नदिन हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट डेंगीविरुद्धको अभियान चलाउन सबैमा आह्वान गरेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro