site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य
फाइल तस्बिर ।

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप छनोटको सातौँ स्थानको खेलमा आयरल्यान्डललाई २६९ रनको लक्ष्य दिएको छ । 

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २६८ रनको योगफल खडा गर्‍यो ।

नेपालका गुल्सन झाले अविजित ५७ रन बनाए । गुल्सनले ४२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गुल्सनको यो तेस्रो अर्धशतक हो ।

Dabur Nepal
NIC Asia

१६९–७ को कठिन अवस्थामा रहँदा गुल्सनले आठौँ विकेटका लागि सन्दीप लामिछानेसँग ८० रनको बलियो साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका हुन् । सन्दीपले ३० बलमा तीन चौका र एक छक्कासहित ३२ रन जोडे । 

ओपनर अर्जुन साउदले ४८ रन बनाए ।  कुशल मल्लले ३८ बलमा पाँच चौका र दुई छक्कासहित ४४ रन थपे । कप्तान रोहितकुमार पौडेलले २९ र भीम सार्कीले २० रन बनाए ।

कुशल मल्ल र भीम सार्कीले पाँचौँ विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । 

आयरल्यान्डका बेरी म्याकार्थी, क्राइग योंग र मार्क अडाएरले समान दुई विकेट लिए । कर्टिस काम्फेर, गारेथ डेलानी, एन्डी म्याकब्रिनले एक–एक विकेट लिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र आयरल्यान्डबीचको यो पहिलो खेल हो ।

नेपालले यसअघि सातौँ स्थानका लागि भएको प्लेअफमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराएको थियो । आयरल्यान्डले भने प्लेअफमा अमेरिकालाई हराएको थियो ।

छनोटको समूह ’ए’मा रहेको नेपालले चार खेलमा एक जित र तीन हारको नतिजा निकालेपछि सुपर सिक्समा पुग्न असफल भएको थियो । यता, समूह ’बी’को आयरल्यान्डले पनि चार खेलमध्ये एक खेलमा जित र तीन खेलमा हार बेहोरेको थियो । दुवै टिम समूहमा चौथो स्थान हासिल गरेका थिए ।

विश्वकप छनोटमा कुल १० टिम सहभागी थिए । छनोट प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका थिए । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान थिए ।

प्रत्येक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गरेका हुन् । सुपर सिक्समा जिम्बाब्वे र ओमानसँगै वेस्ट इन्डिज, श्रीलंका, स्कटल्यान्ड र नेदरल्यान्ड छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro