site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घट्यो हवाई भाडा, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडा घटाएको छ । प्राधिकरणले बुधबारदेखि लागु हुने गरी हवाई भाडादर घटाएको हो । 

नेपाल आयल निगमले गए रातिदेखि लागु हुने गरी इन्धनको मूल्य घटाएपछि निगले भाडा घटाएको हो । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो । 

नयाँ भाडादरअनुसार काठमाडौं–धनगढीको भाडा ६१५ रुपैयाँले घटेर ६ हजार १० रुपैयाँ पुगेको छ ।

काठमाडौं–भद्रपुर भाडा ४२० रुपैयाँले घटेले चार हजार ८५ रुपैयाँ कायम भएको छ ।

यसैगरी काठमाडौंबाट विराटनगर तीन हजार २६५ रुपैयाँ, जनकपुर एक हजार ७५० रुपैयाँ, भरतपुर एक हजार ४५५ रुपैयाँ, पोखरा दुई हजार १५५ रुपैयाँमा झरेको छ । 

काठमाडौं–भैरहवाको भाडा दुई हजार ८०० रुपैयाँमा झरेको छ ।

F0LPOwIaUAAbdH_1688462923.jpg

F0LPMSkaAAAqG_i1688462926.jpg

F0LPNv2aIAAumdh1688462926.jpg

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro