site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेटप्रति सांसद राईको टिप्पणी– जसले हान्यो त्यसले जान्योझैँ भएको छ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्य रामचन्द्र राईले आर्थिक वर्ष २०८०८१ को बजेट ‘जसले हान्यो त्यसले जान्यो’ भन्ने भनाइलाई सार्थक बनाउने गरी ल्याइएको बताएका छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा उनले आर्थिक वर्ष २०८०/८१ को बजेट मनमौजी तरिकाले ल्याइएको बताए । उनले डडेलधुरा, गोरखा र नुवाकोटमा मात्र बजेटको ४५ प्रतिशत रकम विनियोजन गरिएको जिकिर गरे ।

सांसद राईले आदिवासी, जतजातिको क्षेत्रमा पनि बजेटले कुनै चासो नदेखाएको बताए ।

“बजेट विनियोजन मनमौजी छ । हाम्रो समाजमा एउटा मिथक छ, जसले हान्यो त्यसले जान्यो भन्ने । त्यो मिथकलाई सार्थक बनाउने गरी यो बजेट आएको छ । डडेलधुरा, नुवाकोट र गोरखामा ४५ प्रतिशत रकम विनियोजन भएको छ,” उनले भने, “बजेटले समन्यायिक विकासलाई आत्मसात् गरेको छैन । त्यस्तै, आदिवासी जनजातिहरूको सन्दर्भमा, क्षेत्रमा, यसले कुनै चासो देखाएको देखिँदैन । मुलुकमा रहेका ३५.८१ प्रतिशत जनतालाई बेवास्ता गर्छ भने यो बजेट कसरी समन्यायिक हुनसक्छ ? यो विनियोजन कसरी समन्यायिक हुनसक्छ ? त्यसैले यो बजेट साँच्चै ठट्टा गर्न आएको छ ।” 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu