राजनीति
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोध र आलोचना नगर्न निर्देशन जारी गरेको छ ।
पार्टी प्रचार विभागको सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पहिलो बैठकले पार्टी संगठनका सबै तहका पदाधिकारी तथा सदस्यहरूका नाममा निर्देशन जारी गरेको हो ।
यस्तै बैठकले पार्टीको नाममा खुलेका सामाजिक सञ्जाल र अन्य पेजहरूलाई पनि नियमन गर्ने भएको छ । पार्टीको नाम झण्डा र चुनाव चिह्न राखेर खोलिएको सामाजिक सञ्जालका अकाउन्ट तथा ग्रुपहरूलाई सम्पर्कमा ल्याउने र आउन नचाहे कानुनी दायरामा ल्याउने निर्णय गरेको विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० १८:०९
प्रतिक्रिया दिनुहोस्