site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।   

आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको उक्त सडक साँझबाट सञ्चालन भएको थियो । सञ्चालनमा आएको केही समयमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । 

यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्छन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु मर्कामा पर्दै आएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro