site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीनजिक पुगिसकेको विमान यसकारण फर्काइयो काठमाडौं
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । गन्तव्यनजिक पुगिसकेको श्री एयरलाइन्सको एउटा विमान शनिबार काठमाडौं फर्काइएको छ ।

धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमान काठमाडौं नै फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार सो विमान काठमाडौंबाट दिउँसो करिब साढे ३ बजे धनगढीका लागि प्रस्थान गरेको थियो । “साढे ३ जतिमा उड्या हो, ५ बजेर ५ मिनेटमा काठमाडौं ल्यान्ड गराइयो,” उनले बाह्रखरीसित भने ।

गन्तव्यमा नपुगी फर्काइएको विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । उक्त विमानमा ७८ जना सवार थिए ।

विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको प्रवक्ता सिटौलाले बताए । “प्राविधिक समस्या आयो, हाइड्रोलिकमा प्रब्लम आएको थियो, त्यही भएर हो,” उनले भने ।

उक्त विमान धनगढी पुग्न मात्र २५ माइल (करिब ४० किलोमिटर) दूरी टाढा रहेको अवस्थामा फर्काइएको उनले जानकारी दिए । उनले भने, “धनगढी पुग्न २५ माइल बाँकी थियो ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro