site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुपर सिक्समा श्रीलंकाले नेदरल्यान्ड्सलाई २१ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा श्रीलंकाले नेदरल्यान्ड्सविरुद्ध २१ रनको जित निकालेको छ ।

शुक्रबार जिम्बाब्वेको क्विन्स स्पोर्ट्स क्लब बुलावाओस्थित श्रीलंकाले प्रस्तुत २१४ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले ४० ओभरमा सबै विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवाड्सले ६७ रन बनाए । वेस्ली बरेसीले ५२ र बास डे लिडेले ४१ रन जोडे । यसबाहेक, नेदरल्यान्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Dabur Nepal
NIC Asia

श्रीलंकाका महिसा थिक्षणाले तीन विकेट लिए । नौ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै ३१ रन खर्चिए । वनिन्दु हसरंगाले दुई विकेट लिए । लहिरु कुमारा र दिल्सान मदुसन्का र दसुन सनाकाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंकाले ४७.४ ओभरमा सबै विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो ।

श्रीलंकाका धनञ्जय डी सिल्भाले ९३ रन बनाए । उनले १११ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । दिमुथ करुनारत्ने ३३, महिश थिक्षणाले २८, वनिन्दु हसरंगाले २० र कुशल मेन्डिसले १० रन बनाए ।

श्रीलंकाका ओपनर पथुम निसांका ‘रोयल डक’ भएका थिए ।

नेदरल्यान्ड्सका लोगन भान विक र बास डे लिडेले समान तीन विकेट लिए । साकिब जुल्फिकरले दुई र र्यान क्लेइनले एक विकेट लिए ।

छनोटको सुपर सिक्समा जिम्बाब्वे र ओमानसँगै वेस्ट इन्डिज, श्रीलंका, स्कटल्यान्ड र नेदरल्यान्ड छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  २१:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro