site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुपर सिक्समा ओमानविरुद्ध जिम्बाब्वे १४ रनले विजयी
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा घरेलु टोली जिम्बाब्वेले ओमानविरुद्ध १४ रनको जित निकालेको छ ।

बिहीबार बुलावाओस्थित क्विन्स स्पोर्ट्स क्लबमा जिम्बाब्वेले प्रस्तुत गरेको ३३३ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित ५० ओभरमा नौ विकेट ३१८ रन मात्र बनाउन सक्यो ।

ओमानका ओपनर कश्यप प्रजापतिले १०३ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ९७ बलमा १२ चौका र एक छक्का प्रहार गरे ।

Dabur Nepal
NIC Asia

आयान खानले ४७, अकिब इल्यासले ४५, कप्तान जिसान मक्सुदले ३७ र मोहम्मद नदिमले ३० रन बनाए । नसिम खुशीले १२, सोएब खानले ११ र फयाज बटले १० रन जोडे ।

जिम्बाब्वेका टेन्डाई चतरा र ब्लेसिंग मुजराबानीले समान तीन विकेट लिए । रिचार्ड एन्गाराभाले दुई र सिकन्दर राजाले एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको जिम्बाब्वेले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३२ रनको योगफल खडा गरेको थियो ।

जिम्बाब्वेका सिन विलियम्सनले शतक प्रहार गरे । विलियम्सले १०३ बलमा १४ चौका र तीन छक्कासहित १४२ रन बनाए । विश्वकप छनोटमा विलियम्सको यो तेस्रो शतक हो ।

लुक जोङ्वेले ४३ र सिकन्दर राजाले ४२ रन थपे । कप्तान क्राइग एर्भिनले २५, वेस्ली भधेभेरेले २३, जोयलर्ड गम्बीले २१, र्यान बर्ललले १३ र रिचार्ड एन्गाराभाले ११ रन जोडे ।

ओमानका फयाज बटले चार विकेट लिए । १० ओभर बलिङ गरेका बटले ७९ रन बनाए । बिलाल खान, कलिमुल्लाह र जिसान मक्सुदले समान एक विकेट लिए ।

छनोटको सुपर सिक्समा जिम्बाब्वे र ओमानसँगै वेस्ट इन्डिज, श्रीलंका, स्कटल्यान्ड र नेदरल्यान्ड छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro