site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विलियम्सको शतकप्रेरित जिम्बाब्वेले ओमानलाई दियो ३३३ रनको लक्ष्य

काठमाडौं । सिन विलियम्सनको शतकप्रेरित जिम्बाब्वेले आईसीसी क्रिकेट विश्वकप छनोट सुपर सिक्सको खेलमा ओमानसामु ३३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार बुलावाओस्थित क्विन्स स्पोर्ट्स क्लबमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको जिम्बाब्वेले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३२ रनको योगफल खडा गर्‍यो ।

Dabur Nepal
NIC Asia

जिम्बाब्वेबाट शतक प्रहार गरेका विलियम्सले १०३ बलमा १४ चौका र तीन छक्कासहित १४२ रन बनाए । विश्वकप छनोटमा विलियम्सको यो तेस्रो शतक हो ।

लुक जोङ्वेले ४३ र सिकन्दर राजाले ४२ रन थपे । कप्तान क्राइग एर्भिनले २५, वेस्ली भधेभेरेले २३, जोयलर्ड गम्बीले २१, र्यान बर्ललले १३ र रिचार्ड एन्गाराभाले ११ रन जोडे ।

ओमानका फयाज बटले चार विकेट लिए । १० ओभर बलिङ गरेका बटले ७९ रन बनाए । बिलाल खान, कलिमुल्लाह र जिसान मक्सुदले समान एक विकेट लिए ।

छनोटको सुपर सिक्समा जिम्बाब्वे र ओमानसँगै वेस्ट इन्डिज, श्रीलंका, स्कटल्यान्ड र नेदरल्यान्ड छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro