site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नराम्रोसित भित्तामा नाक ठोक्किएजस्तो नेकपाबाट एमालेमा फर्किनुपर्‍यो : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश, काल, परिस्थितिअनुसार आन्दोलन अघि बढ्ने बताएका छन् । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले परिवर्तन अरुको नक्कल गरेर हुन नसक्ने बताए ।

परिवर्तन र विकास मौलिक तरिकाले हुने उनको भनाइ छ । ओलीले मौलिकता चिन्न नसक्दा र तत्कालीन समस्या पहिल्याउन नसक्दा कहिलेकाहीँ आन्दोलन असफल हुने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आन्दोलनका क्रममा पार्टीको नाम कोअर्डिनेसन केन्द्र, नेकपा (माले), नेकपा (एमाले) हुँदै नेकपा बनाइएको बताए । नेकपा बनाउँदा भित्तामा नराम्ररी नाक ठोक्किए जसरी एमालेमा नै फर्किनुपरेको उनले सुनाए ।

“...भइहाल्छ कि केही भनेर विभिन्न तत्वलाई लिएर आयौँ । र नेकपा भन्ने फेरि बनायौँ । पहिले नेकपा थियो, फेरि नेकपा बनायौँ । त्यसबाट नराम्रोसित भित्तामा नाक ठोक्किएजस्तो, निधार ठोक्किएजस्तो फेरि हामी नेकपा (एमाले)मा फर्कियौँ,” ओलीले भने, “यही हो मौका भनेर हाम्राविरुद्ध हमला भएको थियो । त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गर्यौँ । हाम्रो आन्दोलन जोगायौँ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement