site stats
बाह्रखरी :: Baahrakhari
देश
दैलेखमा ड्यामबाट खसेको ढुंगा लागेर बालकको मृत्यु
प्रतिकारात्मक तस्बिर ।

दैलेख । दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ ।

सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुंगाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निमार्णाधीन अवस्थामा रहेको ड्याम बर्सातका कारण भत्किँदा ड्यामबाट खसेको ढुंगाले लागेर आठबिस–५ बस्ने बिर्खबहादुर थापाका अन्दाजी १४ वर्षीय छोरा उमेश थापाको आज बेलुका मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए ।

आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले ड्यामबाट खसेको ढुंगा लागेर बालकको मृत्यु भएको प्रहरीलाई जानकारी गराए । उनले प्रहरीलाई घटनास्थलसम्म पुग्न समस्या भएको जानकारी दिए ।

“रातिको समयमा प्रहरी घटनास्थल पुग्नसक्ने अवस्था छैन, पानी परेकाले समस्या छ, ड्यामबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको सूचना पाएका छौँ, प्रहरी घटनास्थल भोलि बिहान मात्रै पुग्छ होला”,  प्रहरी प्रमुख लम्सालले भने ।

ड्याम भत्किँदा अन्य ६ बालबालिका घाइते भएको वडाध्यक्ष विकले जानकारी दिए । “ड्याम भत्किँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्, घाइतेमध्ये १३ वर्षका किरण बुढामगर भने गम्भीर अवस्थामा छन्”, उनले भने। रासस

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २२:३९
प्रतिक्रिया दिनुहोस्