site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘परस्त्री’को हिन्दी भर्सन नेपालमा रिलिज नहुने 

काठमाडौं । शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘परस्त्री’को नेपाली भर्सनमात्रै नेपालमा रिलिज हुने भएको छ । यसअघि यसको हिन्दी भर्सन पनि नेपालमा रिलिज हुने भनेर निर्माण पक्षले प्रचार गरेको थियो । यसका लागि निर्माण पक्ष चलचित्र विकास बोर्ड पनि पुगेको थियो । 

यसैबीच, निर्माण पक्ष अहिले भारतका विभिन्न सहरमा प्रचारमा छ । केहीदिन मुम्बईमा सिनेमाको प्रचारप्रसार गरेको निर्माण टिम सोमबार दिल्ली पुगेको थियो । त्यहाँ निर्माण टिमले पत्रकार सम्मेलन गर्यो ।  

निर्देशक सुरज पाण्डेले भारतमा पनि सिनेमा हेर्न दर्शक उत्साही रहेको बताए । 

अभिनेत्री शिल्पा मास्केले ‘परस्त्री’ले आफ्नो करिअर नै परिवर्तन गर्ने अपेक्षा व्यक्त गरिन् । 

निर्मात्री शर्मिला पाण्डेले ‘परस्त्री’लाई भारतीय दर्शकले मन पराए अर्को चलचित्र पनि हिन्दी भर्सनमा निर्माण गर्ने बताइन् ।

निर्मात्री पाण्डेले ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने जानकारी दिएकी छन् । उनले नेपालमा ‘परस्त्री’ नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने निर्णय गरेको स्पष्ट पारेकी छन् । 

‘परस्त्री’ विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक कथामा आधारित चलचित्र हो । चलचित्रमा शिल्पा मास्के, कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मालगायत कलाकारको अभिनय छ । 

दीपेन्द्र के खनालले चलचित्रको कथा लेखेका हुन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro