site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकदिवसीय विश्वकपको तालिका सार्वजनिक, अक्टोबर १५ मा भारत–पाकिस्तान भिड्ने

काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले भारतमा हुने एकदिवसीय विश्वकपको खेलतालिका सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक तालिकाअनुसार आउँदो अक्टोबर ५ देखि प्रतियोगिता सुरु हुनेछ । भारतका विभिन्न १० रंगशालामा सञ्चालन गरिनेछ ।

बहुप्रतीक्षित भारत–पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ ।

योपटक विश्वकपमा कुल १० टिमले प्रतिस्पर्धा गर्दै छन् । तीमध्ये आईसीसी क्रिकेट विश्वकप सुपर लिगबाट आठ टिमको टुंगो लागिसकेको छ । दुई टिम भने जिम्बाब्वेमा जारी क्रिकेट विश्वकप छनोटबाट छानिनेछन् ।

विश्वकपमा सहभागी १० टिमले सिंगल राउन्ड रोबिन पद्धतिमा सबैसँग प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टिम नकआउट चरण र सेमिफाइनमा प्रवेश गर्नेछन् ।

साविक विजेता इंग्ल्यान्डले उद्घाटन खेलमा साविक उपविजेता न्युजिल्यान्डको सामना गर्नेछ । विश्वकपको सर्वाधिक सफल टोली (पाँचपटकको च्याम्पियन) अस्ट्रेलियाले अक्टोबर ८ मा घरेलु टिमविरुद्ध खेल्नेछ ।

विश्वकपको फाइनल खेल नोभेम्बर १९ मा नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ ।

dfaf1687850846.png

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro