राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले प्रतिनिधिसभाबाट आउँदो आर्थिक वर्षको बजेट पारित गराउन ‘ह्वीप’ जारी गरेको छ ।
पार्टीका मुख्य सचेतक रमेश लेखकले दलबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई मंगलबार ह्वीप जारी गरेका हुन् ।
“विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन यो ह्वीप जारी गरिन्छ,” लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भोलि (बुधबार)को प्रतिनिधिसभा बैठकबाट बजेट पारित गर्ने तयारी छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ११:५१
प्रतिक्रिया दिनुहोस्