site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पानीको बहाव थेग्न नसकेपछि डाइभर्सन अझै भएन पूरा
तस्बिर : रवीन्द्र काफ्ले/रासस ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पाँचथर । बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको डाइभर्सन अझै पूरा हुन सकेको छैन ।

सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केही माथि तीन दिनअघि अस्थायी डाइभर्सन निर्माण थालेको थियो । १२ ह्युमपाइपमार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन सकेको छैन । ठाडो खोला भएका कारण पानीको बहाव थेग्न नसक्दा ह्युमपाइप अडिन नसकेपछि डाइभर्सन अधुरो भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“बहावका कारण ह्युमपाइप नअडिँदा डाइभर्सनलाई पूर्णता दिन सकिएन,” सडक भिडिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले भने, “थप ह्युमपाइप ल्याई चाँडोभन्दा चाँडो डाइभर्सन सञ्चालन गर्छौँ ।”

यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडकपुल र तमोर करिडोरको बेलिब्रिज बगाएपछि जिल्लाका हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्क टुटेपछि मेची राजमार्गमा अत्यावश्यक कामले यात्रा गर्ने यात्रु तथा बिरामीले फड्के र तुइनको सहाराले खोला तर्दै आएका छन् । खाद्यसामग्रीको आयात तथा कृषिजन्य उपज र दुग्धजन्य पदार्थको निर्यात प्रभावित बनेको छ ।

Royal Enfield Island Ad

तीन दिनदेखि जारी डाइभर्सन निर्माण आज पूरा हुने सूचना पाएपछि मेची राजमार्गका विभिन्न स्थानमा अड्किएर बसेका सवारीसाधनलाई हिलिहाङ–७, भारपातर्फ राखिएको थियो । यहाँ सवारीको चाप देखिन्छ । सवारीचालक तथा सहचालक सवारीमै बस्नुपर्ने बाध्यता आइपरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro