site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जिम्बाब्वे अपराजित रहँदै सुपर सिक्समा, अमेरिका जितविहीन

काठमाडौं । घरेलु टोली जिम्बाब्वे अपराजित रहँदै आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गरेको छ ।

सोमबार हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा अमेरिकामाथि ३०३ रनको फराकिलो जित निकाल्दै जिम्बाब्वे समूह ‘ए’ बाट सतप्रतिशत नतिजासहित सुपर सिक्समा प्रवेश गरेको हो ।

अमेरिकाविरुद्धको यो जित जिम्बाब्वेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा निकालेको अहिलेसम्मकै फराकिलो जित हो । जिम्बाब्वेसँगको हारसँगै अमेरिका भने प्रतियोगितामा जितविहीन बनेको छ ।

Dabur Nepal
NIC Asia

जिम्बाब्वेले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका २५.१ ओभरमा १०४ रनमै समेटियो ।

अमेरिकाका अभिषेक परदकरले २४, जेस्सी सिंहले २१ र गजानन्द सिंहले १३ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अमेरिकाका सयान जहाँगिर ‘डायमन्ड डक’ (एक बल पनि नखेली आउट) भएका थिए । स्टेभन टेलर र उस्मान रफिक ‘डक’ भएका थिए ।

अमेरिकालाई सस्तैमा समेट्न जिम्बाब्वेका रिचार्ड एन्गाराभा र सिकन्दर राजाले समान दुई विकेट लिए । ब्राड एभान्स, लुक जोंग्वे र र्यान बर्लले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४०८ रनको योगफल खडा गरेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो ।

जिम्बाब्वेका कप्तान सिन विलियम्सले १७४ रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेकट करियरकै उच्च स्कोर बनाउने क्रममा विलियम्सले १०१ बलमा २१ चौका र पाँच छक्का प्रहार गरे ।

ओपनर जोयलर्ड गम्बीले ७८ रन जोडे । सिकन्दर राजाले ४८ रन थप्दा आक्रामक रुपमा प्रस्तुत भएका र्यान बर्लले १६ बलमा तीन चौका र चार छक्कासहित ४७ रन बनाए । इनोसेन्ट काइयाले ३२ र तादिवानासे मुरामानीले १८ रन जोडे ।

अमेरिकाका अभिषेक परदकरले तीन विकेट लिए । जेस्सी सिंहले दुई र नोस्थुस केन्जिगेले एक विकेट लिए ।

छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

प्रत्येक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिम यसै वर्ष भारतमा हने एकदिवसीय विश्वकपका लागि छनोट हुने छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro