देश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले आशीष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालका अनुसार उनी पैसा उठाउने कार्यमा संलग्न रहेको पाइएको छ ।
"पैसा उठाउने कार्यमा संलग्न रहेको पाइएको छ । उनको बैंक खाताबाट कारोबार भएको देखियो," रिजालले बाह्रखरीसँग भने ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० १७:४३
प्रतिक्रिया दिनुहोस्