site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओमानविरुद्ध स्कटल्यान्डको फराकिलो जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा स्कटल्यान्डले ओमानविरुद्ध ७६ रनको फराकिलो जित निकालेको छ ।

आइतबार जिम्बाब्वेको बुलावाओ एथ्लेटिक क्लबमा स्कटल्यान्डले प्रस्तुत गरेको ३२१ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४४ रनमात्र बनाउन सक्यो ।

ओमानका नसिम खुशीले ६९ रन बनाए । सोएब खानले ३६, अकिब इल्यासले ३१, आयान खानले ३० रन बनाए । मोहम्मद नदिमले १५, जतिन्दर सिंहले १४, कश्यप प्रजापतिले १२ र फयाज बटले १० रन जोडे ।

Dabur Nepal
NIC Asia

स्कटल्यान्डका क्रिस ग्रेभेसले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका ग्रेभेसले ५३ रन बनाए । मार्क वाट, ब्रान्डन म्याकमुलम, अद्रियन नेइल र मिचेल लियस्कले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३२० रनको योगफल खडा गरेको थियो ।

स्कटल्यान्डका म्याकमुलमले १३६ रन बनाए । उनले १२१ बलमा १४ चौका र तीन छक्का प्रहार गरे । कप्तान रिची बेरिंटनले ६० रन बनाए । टोमस म्याकिन्टोसले ३२, म्याथ्यु क्रसले २७, मार्क वाटले २५ र मिचेल लियस्कल ११ रन बनाए ।

ओमानका बिलाल खानले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका खानले दुई मेडन राख्दै ५५ रन खर्चिए । फयाज बटले दुई र जय ओडेड्राले एक विकेट लिए ।

छनोटको समूह ‘बी’मा रहेको स्कटल्यान्डको यो तेस्रो र ओमानको चौथो खेल हो ।

छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

प्रत्येक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिम यसै वर्ष भारतमा हने एकदिवसीय विश्वकपका लागि छनोट हुने छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro