site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरामा मासिक १० हजार लिटर पानी नि:शुल्क, पाँचवटा मुर्रा राँगा मागिने
SkywellSkywell

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ । नगरप्रमुख धनराज आचार्यले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेका थिए ।

पोखरा महानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी नि:शुल्क दिने भएको छ । आइतबार नगर सभाबाट पारित भएको पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा विपन्न घरधुरी पहिचान गरिने उल्लेख छ ।

नगरप्रमुख धनराज आचार्यले पेस गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, “महानगरपालिकाले सर्वेक्षण गरिरहेको महानगर प्रोफाइलबाट ठहर हुन आउने विपन्न घरधुरी पहिचान कार्यक्रम सम्पन्न पश्चात् अति विपन्न घरपरिवारलाई मासिक १० हजार लिटरसम्म खानेपानी नि:शुल्क वितरण गर्ने व्यवस्था मिलाइने छ ।”

Dabur Nepal
NIC Asia

यस्तै, महानगर आफैँले कपडा बैंक स्थापना गर्ने भएको छ । विपन्न नागरिकहरूका लागि कपडा बैंक स्थापना गर्ने र सञ्चालन गर्ने उल्लेख गरिएको छ । पोखराका विभिन्न व्यस्त स्थानामा सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गरिने उल्लेख छ । महानगरले मानव सेवा आश्रमलगायतका संस्थाहरूसँग मिलेर सडक मानवमुक्त महानगर बनाउने उल्लेख गरेको छ ।

पोखरा ३३ मा प्रदेश सरकारसँग मिलेर संरक्षण घर (सेफ हाउस) सञ्चालन गर्ने उल्लेख गरेको छ ।

फेवातालको संरक्षण गरिने

पोखरा महानगरले आगामी आर्थिक वर्षमा फेवातालको संरक्षणका लागि सर्वोच्चले ६५ मिटरभित्रका अस्थायी तथा स्थायी संरचना भत्काउने भएको छ । नीति तथा कार्यक्रममा नै फेवाताल संरक्षणको विषय राखिएको छ ।

“फेवाताल संरक्षणमा सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइने छ,” नगरप्रमुख आचार्यले भने । फेवातालबाहेक बेगनास, रूपालगायत रामसार सूचीमा सूचीकृत तालहरूको जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विेशष कार्यक्रम नै सञ्चालन गरिने उनले बताए ।

हालैमात्र सर्वोच्चले पोखरा महानगरपालिकाको ०७८ चैत २५ गतेको कार्यपालिका निर्णय बदर गरेको थियो । उक्त मितिमा पोखराले फेवातालको मापदण्ड ३० मिटरमा झार्ने निर्णय गरेको थियो । उक्त निर्णय उपर रिट परेपछि सर्वोच्च अदातलले गत असार ५ गते कार्यपालिकाको निर्णय बदर गरेको थियो । साथै सर्वोच्चले यस अगाडि नै फेवातालको ६५ मिटर क्षेत्रका सबै संरचना भत्काउन आदेश दिइसकेको छ ।

पोखरा महानगरपालिकाले उक्त आदेशलाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममार्फत उल्लेख गरेको छ ।

पोखराको लेकसाइड क्षेत्रलाई २४ घण्टा नै खुलाइने नीति तथा कार्यक्रममा राखिएको छ ।

पोखरा महानगरपालिकाले २० वर्ष पुरानो सवारीसाधनलाई विस्थापन गर्ने भएको छ । मिटरमा ट्याक्सीदेखि विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहन गर्ने महानगरको नीति छ । ४० माइक्रोन भन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगमा निषेध लगाउने, विद्यालयका विद्यार्थीहरूले खाने दिवा खाजामा १० रूपैयाँ थप गरिदिने जनाएको छ ।

पाँचवटा मुर्रा पोखरा ल्याउने

भारतबाट ल्याइएका मुर्रा राँगाहरूमध्ये पाँचवटालाई पोखरा ल्याउन पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा नै उल्लेख गर्दै मुर्रा ल्याउने र त्यसलाई पोखरास्थित पशु प्रजनन केन्द्रमा राख्ने पोखराको योजना छ । नश्ल सुधार गर्ने र भैँसीपालन व्यवसायलाई प्रोत्साहन र प्रबर्द्धन गरिने नगरप्रमुख आचार्यले बताए ।

कृषकको वर्गीकरण गर्ने, परिचयपत्र दिने, न्यूनतम अनुदान ग्यारेन्टीका कार्यक्रम पोखराले ल्याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu