site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रतिसेयर १४ रुपैयाँ ६३ पैसा नोक्सानीमा भएको अप्पर स्याङ्गेको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री तथा बाँडफाँट गरिसकेको छ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो ।

दोस्रो चरणमा बिक्री गरिने सेयरमध्ये ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूमा समेत बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । यीबाहेक १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका पाँच लाख ३९ हजार ५०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।  

Dabur Nepal

सर्वसाधारणले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणमा आईपीओ बिक्री अवधि असार १३ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागअनुसार आवेदन नपरे असार २४ गतेसम्म बिक्री अवधि थप हुनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयर सफ्टवेयरको प्रयोगमार्फत समेत आवेदन दिन सकिने व्यवस्था पनि छ ।

निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले लमजुङ जिल्लाको तत्कालीन ताघ्रिङ गाउँविकास समितिमा २.४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत् आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७८ फागुन १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको हो । यस आयोजनाको कुल लागत ५० करोड ४८ लाख रुपैयाँ छ । त्यस्तै प्रतिमेगावाट लागत २१ करोड तीन लाख रुपैयाँ रहेको छ ।

२२ करोड रुपैयाँ अधिकृत पुँजी रहेको यस कम्पनीको जारी पुँजी २२ करोड रुपैयाँ नै रहेको छ ।

आर्थिक वर्ष २०७८/०७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी दुई करोड पाँच लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ । वास्तविक प्रतिसेयर नेटवर्थ  ८४ रुपैयाँ ५४ पैसा रहेको कम्पनी  १४ रुपैयाँ ६३ पैसा प्रतिसेयर नोक्सानीमा छ ।

चालु आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीले सञ्चित नोक्सानी घटाएर ८५ लाख ७२ हजार रुपैयाँमा झार्ने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ सम्म कम्पनीले ६१ लाखभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro