अर्थ व्यवसाय
काठमाडौं । सांसद विनोद चौधरीले नेपालमा चाहिने मल सरकारले दिन नसकेको बताएका छन् ।
नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा सांसद चौधरीले नेपालमा पाँच लाख टन मल अवैधरूपमा आउने गरेको दाबीसमेत गरे ।
"सात लाख टन मल चाहिन्छ । दुई लाख टन किन्छौँ । पाँच लाख टन अवैध रूपमा नेपालमा मल आउँछ," उनले भने ।
सांसद चौधरीले नेपालमा कर बढी रहेको पनि टिप्पणी गरे । कर मात्र थुपारेर नहुने भन्दै उनले यसलाई घटाउन आवश्यक रहेको तर्क गरे ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० १७:४९
प्रतिक्रिया दिनुहोस्