site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गुल्सन र सन्दीप आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले गुल्सन झालाई सातौँ र सन्दीप लामिछानेलाई आठौँ विकेटको रूपमा गुमाएको छ । 

जिम्बाब्वेका राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको दोस्रो इनिङको ४४औँ ओभरको दोस्रो बलमा नेपालले गुल्सनलाई सातौँ विकेटको रूपमा गुमाएको हो । गुल्सन किमो पाउलको बलमा साई होपबाट क्याच भए । नेपाली टिमको खातामा गुल्सनले ४२ रन थपे । गुल्सन आउट भएपछि ब्याटिङका लागि आएका सन्दीप पनि एक रन बनाएर पभेलियन फर्किए ।

Dabur Nepal
NIC Asia

जारी खेलको ४४.३ ओभर समाप्त हुँदा नेपालले आठ विकेट गुमाएर २०४ रन बनाएको छ । 

नेपालले ओपनर कुशल भुर्तेललाई पहिलो विकेट, भीम सार्की र आसिफ शेखलाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । भुर्तेल पाँच, भीम दुई, आसिफ २८, कप्तान रोहितकुमार पौडेल ३०, कुशल मल्ल दुई र दीपेन्द्रसिंह ऐरी २३ रनमा आउट भएका थिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro