site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाललाई पाँचौँ झट्का, कुशल मल्ल दुई रन जोडेर आउट
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले कुशल मल्ललाई पाँचौ विकेटको रूपमा गुमाएको छ । 

जिम्बाब्वेका राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको दोस्रो इनिङको २३औँ ओभरको पहिलो बलमा नेपालले कुशललाई चौथो विकेटको रुपमा गुमाएको हो । कुशल जासन अकेइल हुसैनको बलिङमा केसी कार्थीबाट क्याच भए । नेपाली टिमको खातामा कुशलले दुई रन थपे ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको २२.३ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर ९६ बनाएको छ । हाल क्रिजमा खेलिरहेका आरिफ शेख १८ र दीपेन्द्रसिंह ऐरी चार रनमा खेलिरहेका छन् । नेपालले ओपनर कुशल भुर्तेललाई पहिलो विकेट, भीम सार्की र आसिफ शेखलाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । भुर्तेल पाँच, भीम दुई, आसिफ २८ र कप्तान रोहितकुमार पौडेल ३० रनमा आउट भएका थिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गरेको थियो ।

Global Ime bank

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement