काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेललाई चौथो विकेटको रूपमा गुमाएको छ ।
जिम्बाब्वेका राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको दोस्रो इनिङको २०औF ओभरको चौथो बलमा नेपालले रोहितलाई चौथो विकेटको रूपमा गुमाएको हो । रोहित जासन होल्डरको बलिङमा केसी कार्थीबाट क्याच भए । नेपाली टिमको खातामा रोहितले ३० रन थपे ।
जारी खेलको २० ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ८१ बनाएको छ । हाल क्रिजमा खेलिरहेका आरिफ शेख ११ र कुशल मल्ल शून्य रनमा खेलिरहेका छन् ।
नेपालले ओपनर कुशल भुर्तेललाई पहिलो विकेट, भीम सार्की र आसिफ शेखलाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । भुर्तेल पाँच, भीम दुई र आसिफ २८ रनमा आउट भएका थिए ।
त्यसअघि टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गरेको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।
छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।
यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो