site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई तेस्रो झट्का, ओपनर आसिफ आउट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले ओपनर आसिफ शेखलाई तेस्रो विकेटको रूपमा गुमाएको छ । 

जिम्बाब्वेका राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको दोस्रो इनिङको १२औँ ओभरको अन्तिम बलमा आसिफलाई तेस्रो गुमाएको हो । आसिफ किमो पाउलको बलिङमा काइल मायर्सबाट क्याच भए । नेपाली टिमको खातामा आसिफले २८ रन थपे ।

Dabur Nepal
NIC Asia

जारी खेलको १२ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ४९ बनाएको छ । हाल क्रिजमा रहेका अर्का आरिफ शेख शून्य र कप्तान रोहितकुमार पौडेल ११ खेलिरहेका छन् । नेपालले ओपनर कुशल भुर्तेललाई पहिलो विकेट र भीम सार्कीको रुपमा गुमाएको थियो । भुर्तेल पाँच र भीम दुई रनमा आउट भएका थिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro