site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले कुशल भुर्तेललाई पहिलो विकेटको रूपमा गुमाएको छ । 

जिम्बाब्वेका राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको दोस्रो इनिङको दोस्रो ओभरमा नै नेपालले कुशललाई गुमाएको हो । अल्जारी जोसेफको बलमा कुशल बोल्ड भए । कुशलले नेपाली टिमको खातामा पाँच रन थपे ।

Dabur Nepal
NIC Asia

जारी खेलको दोस्रो ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर पाँच रन बनाएको छ । हाल क्रिजमा रहेका अर्का ओपनर आसिफ शेख र भीम सार्की शून्यमा खेलिरहेका छन् ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल खडा गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro