site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई नेपालको चुनौती

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज दुई पटकको विश्वकप च्याम्पियन वेस्ट इन्डिजसामु चुनौती प्रस्तुत गर्दै छ । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक विश्वकप विजेतासँग खेल्न लागेको नेपाल वेस्ट इन्डिजविरुद्ध मैदान उत्रिदा अप्रत्यासित जितको खोजीमा हुनेछ । यी दुई टिमबीचको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो ।

टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएपछि नेपाल पछिल्लो समय उच्च लयमा छ । देसाई प्रशिक्षकमा नियुक्त भएयता नेपालले खेलेको २० एकदिवसीय खेलमध्ये दुई खेलमा मात्र हार बेहोरेको छ । देसाई नेपाली टिम उच्चस्तरको मञ्चमा सोहीस्तरको खेल प्रदर्शन गर्न भोको रहेको बताउँछन् ।

Dabur Nepal
NIC Asia

“उनीहरू सिक्नका लागि भोको छन् । उनीहरू यो स्तरको मञ्चमा प्रदर्शन गर्नका लागि भोको छन्,” देसाईले भने, “उनीहरू एक यस्तो प्रतिद्वन्द्वी बन्न चाहन्छन्, जसले यो स्तरका प्रतियोगितामा निकै सम्मान पाउन सकोस् । यसैकारण म उनीहरूका लागि उत्साहित छु ।”

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।

नेपालले पछिल्लो पाँच खेलमध्ये एक खेलमा मात्र हार बेहोरेको छ । वेस्ट इन्डिज पनि पछिल्लो पाँच खेलमध्ये एक खेलमा मात्र पराजित भएको छ । आजको खेलमा जित निकाल्ने टिमले छनोटको सुपर सिक्सको यात्रा लगभग निश्चित गर्नेछ ।

जिम्बाब्वेको राजधानी हरारेस्थि हरारे स्पोर्ट्स क्लबमा हुने खेल नेपाली समयअनुसार मध्यन्ह १२ः४५ बजेदेखि सुरु हुनेछ । 

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro