site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नयाँ शक्ति’विरुद्ध बनेको हो समाजवादी मोर्चा, तर टिक्नेमा ढुक्क छैनन् मोर्चाकै नेता
SkywellSkywell

काठमाडौं । समाजवादी मोर्चालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ । मोर्चामा रहेकादेखि कांग्रेस, एमाले मात्र होइन नागरिकस्तरबाटै विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन् ।

उसो त नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधान सत्रु किटान नगर्दासम्म मोर्चाको औचित्य स्थापिन नहुने अडान राखेका थिए । मोर्चाको घोषणाको केही घण्टा अघिसम्म घोषणा कार्यक्रममा सहभागिता जनाउने/नजनाउने विषयमा उनी दोधारमा थिए । यद्यपि अन्तिम समयमा उनी मोर्चामा सहभागी भए । 

अहिले सबैबाट प्रश्न भइरहेको छ– मोर्चा कसका विरुद्ध ? 

KFC Island Ad
NIC Asia

घोषणा सभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मोर्चा कसैका विरुद्ध नभएर प्रतिगामी र प्रतिक्रान्तिकारी विरुद्ध भएको बताएका थिए । उनले लामो संघर्षबाट आएको उपलब्धिलाई चुनौती दिनेहरूविरुद्ध ‘समाजवादी मोर्चा’ युद्धको घोषणा नै भएको बताएका थिए ।

“७० वर्षको संघर्षलाई होच्याउने, जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरूलाई उल्टाउने खोज्नेहरूका विरुद्धयुद्धको घोषणा हो, समाजवादी मोर्चा,” प्रचण्डले भनेका थिए, “अग्रगमनका पक्षधर कसैले पनि यो मोर्चाबाट तर्सिनु पर्दैन । ती शक्तिसँग मोर्चाले सहकार्य गर्ने छ ।”

Royal Enfield Island Ad

प्रचण्डको अभिव्यक्ति राप्रपासहितप्रति रहेको देखिन्छ । तर, मोर्चा बनाएर 'युद्ध' नै घोषणा गर्नुपर्ने अवस्थामा राप्रपा छैन ।  

रानीतिक विश्लेषकहरू प्रचण्डको अभिव्यक्ति 'नयाँ शक्ति'हरूप्रति लक्षित रहेको हुन सक्ने बताउँछन् । राजनीतिक विश्लेषक डा. विष्णु दाहाल प्रचण्डको भनाइ नयाँ दलहरूतर्फ लक्षित रहेको बताउँछन् । नयाँ पुस्ताले पहिलेका योगदान, संघर्ष सबै कुरालाई आधार नमानेर स्रोतको परिचालन र वितरणलाई मुद्दा बनाएकाले प्रचण्डले उनीहरूविरुद्ध जवाफी बहस गरेको उनको भनाइ छ ।

“नयाँ पुस्ताले ‘बाबु, बर्जुबा’ले स्रोत परिचालन गरेनन् भने छोराले सुझाव दिन्छ, नभए दबाब दिन्छ । अहिलेका नयाँ शक्तिहरू त्यही छोरोका भूमिकामा देखिँदै छन्,” दाहालले बाह्रखरीसँग भने, “त्यसमा प्रचण्डले जवाफी कारबाही गरेका हु्न् । अर्थात् वाक युद्धमा भाग लिएका हुन् ।”

प्रचण्डको अभिव्यक्ति हालै चुनावबाट उदाएका रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ लक्षित रहेको उनको बुझाइ छ । 

मोर्चाको औचित्य र आवश्यकता के ? 

मोर्चाको औचित्य र आवश्यकताका विषयमा बहस गर्ने र पहल थाल्ने डा. बाबुराम भट्टराई र उनको पार्टी नेपाल समाजवादी मोर्चामा अटाएन । खास गरी उपेन्द्र यादवसँगको टसलका कारण उनी मोर्चामा अटाएनन् । संसदीय अंकगणितमा ‘कम्फर्टेबल’ हुने प्रचण्डको चाहनाका कारण उपेन्द्र 'इन' भएर बाबुराम ‘आउट’ भएका हुन् । 

राजनीतिक विश्लेषक डा. दाहालको बुझाइमा मोर्चा मुख्य गरी दुईवटा उद्देश्यले बनाइएको हो– पहिलो, सत्तामा खेल्ने । दोस्रो २०८४ को चुनावमा प्रभुत्व जमाउने ।

अब मोर्चाकै माध्यमबाट प्रचण्डलाई कांग्रेस र एमाले दुवैसँग बार्गेनिङ गर्न सहज भएको दाहालको तर्क छ । 

“ओलीले एमालेमा उमेर हद हटाएर वामदेव र सके माधवकुमार नेपालसहित नसके उनेका पार्टीका उमेर भएका नेताहरू भित्र्याएर आगामी महाधिवेशन जित्ने रणनीति बनाउँदै छन् । एमालेभित्रै उनका विरुद्धको शक्तिले उमेर हद हटाउने नदिने र विद्या भण्डारीलाई अध्यक्ष बनाएर ओली विस्थापनको गृहकार्य गर्दै छन्,” डा. दाहालले भने, “आन्तरिक संघर्षमा बलियो हुन ओलीले माधव नेपाल भित्र्याउने बाटो रोक्न प्रचण्डले मोर्चाको उपयोग गरे । सँगै उपेन्द्रको चलायमान चरित्रका कारण एमालेसँग हुन सक्ने सम्भावित सहकार्य रोक्नु पनि प्रचण्डको अर्को उद्देश्य हो ।”

त्यसबाहेक प्रचण्डले अब सत्ता साझेदार दल कांग्रेससँग मोर्चासँग रहेको ५४ सिट देखाएर थप बार्गेनिङ गर्ने छन् ।

कांग्रेसले नमानेपछि बन्यो समाजवादी मोर्चा

मोर्चामा कांग्रेसलाई पनि समेट्न प्रयास भएको थियो । तर, कांग्रेसले गठबन्धन हुँदाहुँदै मोर्चाको औचित्यमाथि प्रश्न उठायो । अर्थात् कांग्रेसले नमानेपछि वाम शक्तिहरूलाई समेटेर समाजवादी मोर्चा बनेको हो । 

“गठबन्धन नै कायम रहेको अवस्थामा अर्को मोर्चा नै किन आवश्यक पर्‍यो ?,” कांग्रेस नेता रमेश लेखकले भने, “त्यसकारण कांग्रेस सामेल भएन । उहाँहरूले बनाउनुभएको छ । उद्देश्य अनुसार सञ्चालन गर्नु होला ।”

कांग्रेसले कुनै मोर्चामा नबस्ने र चुनाव पनि एक्लै लड्ने संकेत गरेपछि वाम शक्तिहरूलाई मिलाएर समाजवादी मोर्चा बनाइएको हो । तर, मोर्चाले कांग्रेस पनि निर्वाचनसम्म सहकार्यमा आउने  अपेक्षा राखेको छ । 

“हामीले लोकतान्त्रिक समाजवादी मोर्चा बनाऔँ भनेर कांग्रेसलाई पनि भनेका थियौँ । तर, कांग्रेस कुनै पनि मोर्चामा नबस्ने भनेर मोर्चामा आउन तयार भएन,” मोर्चाको खाका तयार पार्नेमध्येका जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भने, “कांग्रेस तयार नभएपछि समान विचार राख्ने दलहरूको ‘समाजवादी मोर्चा’ निर्माण भएको हो ।”

उनले अझै पनि चुनावसम्म कांग्रेस मोर्चामा आबद्ध भएर अघि बढ्ने विश्वास रहेको बताए । “हाम्रो निर्वाचन प्रणालीले कुनै पनि पार्टीका बहुमत आउने अवस्था देखिएन । बहुमत नआएपछि निर्वाचित संसद आउनासाथ जनप्रतिनिधिको ‘हर्स ट्रेड्रिङ’ सुरु हुन नदिने हो भने पहिलेदेखि नै समझदारी गरेर मोर्चाबद्ध भएर जानु आवश्यक छ,” श्रेष्ठले भने, “यो अभ्यास युरोपिएन राष्ट्रहरूमा पनि छ । छिमेकी मुलुक भारतमा पनि छ ।”

मोर्चा बनेपछि कांग्रेस खुसी !

कांग्रेसका नेता दिलेन्द्र बडु समान विचार राख्नेहरू मोर्चाबद्ध हुँदा कांग्रेस खुसी रहेको दाबी गरे । “हिजो हामीले चुनावी गठबन्धन गर्‍यौँ । विचार नमिल्नेहरूका बिचमा गठबन्धन गर्दा हामीले धरै प्रश्नको सामना गर्नुपरेका थियो,” बडुले बाह्रखरीसँग भने, “आज समाजवादी मोर्चा बनाएर समान विचार राख्नेहरू एकठाउँ उभिनुभएको छ । यो सकारात्मक कदम हो ।”

समाजवादी मोर्चाले राजनीतिलाई थप प्रतिस्पर्धी बनाउने उनको विश्वास छ । “समाजवाद हाम्रो र उहाँहरूको साझा लक्ष्य हो । तर, समाजवादसम्म पुग्ने बाटो भने उहाँहरू र हाम्रो अलग अलग छ । हामी अहिलेकै प्रणालीमार्फत समतामूलक समाज निर्माण गर्दै त्यसअनुरूपका कार्यक्रम लागु गरेर समाजवाद हासिल गर्न चाहन्छौँ । उहाँहरूको फरक बाटो छ,” बडुले भने, “समाजवादको लक्ष्य हासिल गर्ने समान बाटो भएकाहरू एकठाउँ उभिनुभएको छ । अब उहाँहरूले निर्वाचनमा पनि त्यही लक्ष्य र प्राप्त गर्ने उपाय देखाएर भोट माग्नुहुन्छ । हामीसहितलाई पनि आफ्नो कार्यक्रम देखाएर भोट माग्न पाइयो ।”

मोर्चा टिक्नेमा मोर्चाकै नेताहरू ढुक्क छैनन् 

‘समाजवादी मोर्चा’ कांग्रेस वा एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने शक्ति भएको मोर्चाका नेताहरूको दाबी छ । तर, ०८४ को चुनावसम्म मोर्चा टिक्नेमा उनीहरू विश्वस्त छैनन् । सत्ता राजनीतिका लागि अनुकूल परिस्थिति हुना साथ समझदारी र सहमति तोडिहाल्ने संस्कारका कारण ढुक्क हुन नसकिने मोर्चाका एक नेताले बताए । 

“यो मोर्चा रह्यो भने कांग्रेस एमालेलाई टक्कर दिने शक्ति हुन्छ र यसले दायरा अझ फराकिलो बनाउँदै जाँदा त्यही मोर्चाले बहुमत ल्याउने अवस्था पनि बन्न सक्छ,” मोर्चाका ती नेताले बाह्रखरीसँग भने, “तर, हाम्रोमा अहिले नै अस्थिरता छ । सत्ता राजनीतिको प्रभाव परेपछि लामो यात्राका लक्ष्यहरू बिर्सने प्रवृत्ति हाम्रो राजनीतिक प्रकोप जस्तै हो । त्यसैले ०८४ को चुनावसम्म मोर्चा कायम हुन्छ भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन ।”

एकीकृत समाजवादीका सम्मानित नेता खनालले पनि मोर्चाको लक्ष्य सत्ता राजनीति हो भने केही दिनमै विघटित हुने बताइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  २१:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro