site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात लाख ८५ हजार बालबालिकाको आँखा परीक्षण गर्दा ३२ हजारमा दृष्टिदोषको समस्या 

काठमाडौं । नेपालमा सात लाख ८५ हजार ४६० जना बालबालिकाको आँखा परीक्षण गर्दा ३२ हजार जनामा दृष्टिदोषको समस्या देखिएको छ ।

नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाअन्तर्गत गरिएको परीक्षणमा ठूलो संख्यामा दृष्टिदोषको समस्या देखिएको हो ।

परियोजनामार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५ हजार ४६० जना बालबालिकाको नि:शुल्क आँखा परीक्षण गरिएको थियो । सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ वर्षसम्मका दुई हजार ५५५ वटा निजी तथा सामुदायिक विद्यालयहरूमा आँखा परीक्षण गरिएको थियो ।

जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३८० जना बालबालिकालाई नि:शुल्क चस्मा वितरण गरिएको संघले जनाएको छ । 

त्यस्तै, २०१ जना बालबालिकाको शल्यक्रियामार्फत आँखाको उपचार गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro