site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अञ्जन भन्छन्– तीन अंकको प्रयास थियो, नतिजा विपरीत आयो

काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा कुवेतसँग पराजित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टले तीन अंकका लागि खेल्ने प्रयास गरे पनि नतिजा विपरीत आएको बताएका छन् ।

बुधबार भारतको बेंग्लुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न खेलमा आमन्त्रित टोली कुवेतले साविक उपविजेता नेपालविरुद्ध ३–१ को जित निकालेको थियो । कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे । नेपालका लागि अञ्जनले एक गोल फर्काएका थिए । 

खेलपछि पोस्ट म्याच प्रेजेन्टेसनमा अञ्जनले नेपाली टिमले तीन अंकका लागि खेल्ने प्रयास गरेको प्रतिक्रिया दिएका हुन् ।

“सर्वप्रथम यो हामीले चाहेको नतिजा थिएन । हामीले तीन अंकका लागि खेल्ने प्रयास गरेका थियौँ । केही निराश छौँ । तर, आगामी खेलमा हामी जित निकाल्ने प्रयास गर्नेछौँ,” अञ्जनले भने ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब असार ९ गते घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्ने छ । च्याम्पियनसिपमा योपटक दुई आमन्त्रितसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro