site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बजेट संशोधन हुँदैमा सरकार ढल्दैन : सञ्चारमन्त्री
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुने/नहुने विषयले सरकार ढल्छ भन्नु व्यर्थ रहेको बताएकी छन् ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले कुनै पनि नियम–कानुनमा बजेटमा संशोधन भएमा सरकार ढल्छ भन्ने नलेखिएको बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले ल्याएको बजेट संशोधन गरेर पारित गरिएको पनि उनले स्मरण गरिन् ।

“यस्तो हुन्छ, पहिले पनि भएको थियो । पहिले एउटै दल नेकपा हुँदा पनि बजेटको विषयमा हामी कसरी प्रस्तुत भएका थियौँ, हामीलई थाहा छ । अहिले पनि सम्भवतः धेरैका असन्तुष्टि छन् । असन्तुलन भयो भन्ने प्रश्नहरू पनि छन्,” उनले भनिन्, “मिलाएर जानुपर्छ भन्ने छलफल शीर्ष तहमा भइरहेको छ, बाहिर आइरहेकै छ । बजेट संशोधन हुनु भनेको सरकार असफल हुनु हो भन्ने परम्परागत बुझाइ हो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बजेट त्यो बेला संशोधन भएको छ ।”

Global Ime bank

उनले नेपालको संसदीय अभ्यास र परम्परा फरक किसिमको भएको भन्दै आवश्यक परे बजेट संशोधन गरेर अघि बढ्न सकिने तर्क गरिन् ।

सत्तासाझेदार दलहरू नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्तिलगायत पार्टीका नेताले बजेट संशोधन गरेर पारित गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले त बजेट संशोधन नगरिए सरकारको भविष्यमै प्रश्न उठाइसकेका छन् । बजेट शीर्ष नेताको जिल्लामा मात्र गएको भन्दै उनीहरूको आपत्ति छ । माधव नेपाल, उपेन्द्र यादव, सीके राउतलगायत नेताले पनि बजेटप्रति असन्तुष्टि जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement