site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको संयोजनमा लोकतान्त्रिक समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेसनल प्रोग्रेसिभ अलाइन्स’को सम्मेलन हुने भएको छ । आगामी आठ गते सुरु हुने सम्मेलनका लागि ३४ देशका पार्टीहरुले प्रतिनिधिहरुले आउने ‘कन्फर्मेसन’ गरिसकेका छन् ।

भारतीय राष्ट्रिय कांग्रेस, समाजवादीसहित जर्मन समाजवादी पार्टीका नेताहरु सम्मेलनमा आउने बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा आफू स्वयं सिंगापुरमा छन् । उनी बुधबार स्वदेश फर्कँदै छन् ।

Dabur Nepal
NIC Asia

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले भने यो समाचार तयार पार्दासम्म सम्मेलनको औपचारिक जानकारी पाएको छैन । पार्टी कार्यालयका मुख्यसचिव तथा राष्ट्रियसभा सदस्य डा. कृष्णप्रसाद पौडेल आफै अमेरिका भ्रमणमा जान लागेकाले बिदामा छन् । उनीबाहेकका पार्टी कार्यलयका सचिवहरुलाई सम्मेलनबारे कुनै जानकारी छैन ।

अन्तर्राष्ट्रिय प्रोग्रेसिभ अलाइन्स ‘आईएपीए’का सदस्य समेत रहेका डा. सुरेन्द्र चौधरीले अहिले सम्मेलनमा भाग लिने राष्ट्रका दलका प्रतिनिधिका लागि सम्पर्क व्यक्तिको रुपमा काम गरिरहेका छन् ।

“आगामी २३ तारिखमा आईपीएको सम्मेलन हुँदै छ । त्यसका लागि आउने प्रतिनिधिमध्ये अहिलेसम्म २४ देशबाट मात्र कन्फर्म भएको छ,” चौधरीले भने, “नेपाली कांग्रेसको सभापतिज्यू पनि बाहिर नै हुनुहुन्छ । भोलिसम्म उहाँ आउनुहुन्छ । सहभागीहरुको टुंगो पनि लाग्दै जानेछ ।”

कांग्रेसले आईपीएको सम्मेलन भने बबरमहलस्थित बसेरा होटलमा राखेको छ । दुइवर्ष अघि कांग्रेसले आईपीए सम्मेलन होटल हिमालयमा आयोजना गरेका थियो । लोकतान्त्रिक समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था ‘सोसलिस्ट इन्टरनेसनल’बाट अलग भएका पार्टीहरुले सन् २०१३ मा ‘प्रोग्रेसिभ अलाइन्स’ गठन गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro