site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्याटिङमा नेपालको मध्यम सुरुआत 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध ब्याटिङमा नेपालले मध्यम सुरुआत गरेको छ । 

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो पावर प्ले (सुरुआती १० ओभर) को समाप्तिमा एक विकेट गुमाएर ४८ रन बनाएको छ । 

Nepali Cricket CAN1687262591.jpg

हाल नेपालबाट क्रिजमा ओपनर कुशल भुर्तेल २१ रनमा र तेस्रोक्रमका ब्याटर भीम सार्की १३ रनमा खेलिरहेका छन् । त्यसअघि नेपालले अर्का ओपनर आसिफ शेखलाई व्यक्तिगत १२ रनमा गुमाएको थियो ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रनको योगफल खडा गरेको थियो ।

तस्बिरहरू : क्यान ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro