site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘बिरामी बालकलाई प्रार्थना गराउँदा मृत्यु’
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बर्दियामा प्रहरीले ज्यानसम्बन्धी कसुरको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाकै गुलरिया नगरपालिका–४, तुलापुरमा बस्दै आएका ३९ वर्षीय राजु शाही, सोही ठाउँमा बस्दै आएका ३८ वर्षीया गीता शाही र ३५ वर्षीया निशा नेपाली छन् । गुलरिया–१०, कालाबन्जारमा बस्ने प्रमुख यादवले उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएका थिए ।

यादवका आठ वर्षीय छोरा अजय आफ्नै घरमा बिरामी भई अचेत अवस्थामा थिए । ती व्यक्तिहरूले बालकलाई तुलापुरस्थित सत्य बचन परम ईश्वरीय मार्गदर्शन नामक संस्थामा प्रार्थना गराए निको हुने भ्रमपूर्ण आश्वासन दिए । प्रहरीका अनुसार त्यसपछि सो संस्थामा लगी प्रार्थना गराउने क्रममा बालकको मृत्यु भएको जाहेरीमा उल्लेख छ । अजयका बुवा प्रमुख यादवले आरोपितविरुद्ध कारबाहीको माग गर्दै जाहेरी दिएका हुन् ।

घटना यही असार १ गतेको हो । जाहेरीपछि उनीहरूलाई पक्राउ गरेर अदालतबाट ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको बर्दियाका डीएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए ।

“मिति २०८०।०३।०१ गते मेरो छोरा वर्ष ८ को अजय यादव आफ्नै घरमा बिरामी भई अचेत अवस्थामा रहेकोमा जिल्ला बर्दिया, गुलरिया नगरपालिका वडा नं. ४, तुलापुरस्थित सञ्चालन गरेको सत्य बचन परम ईश्वरीय मार्गदर्शन नामक संस्थामा रहेका निम्न व्यक्तिहरूले यहाँ ल्याएर बचन तथा प्रार्थना गरेपछि परमेश्वरले ठिक गर्नुहुन्छ, औषधि उपचार गराउन कहीँ कतै लैजानु पर्दैन भन्ने भ्रमात्मक आश्वासन दिई भ्रममा पारी बिरामीलाई आफ्नो संस्थामा ल्याई बचन तथा प्रार्थना गर्ने क्रममा नै निजको मृत्यु भएको हुँदा निजहरूलाई कारबाही गरी पाऊँ भनी मृतक बालकको बुवा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. १०, कालाबन्जार बस्ने प्रमुख यादवले यस कार्यालयमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त पेस गरेको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत, गुलरियाबाट ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको,” बर्दिया प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro