site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएईलाई श्रीलंकाले दियो ३५६ रनको लक्ष्य

काठमाडौं । पूर्व विश्व च्याम्पियन श्रीलंकाले सोमबार आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई जितका लागि ३५६ रनको लक्ष्य पेस गरेको छ ।

जिम्बाब्वेको बुलावायोस्थित क्विन्स स्पोट्स क्लबमा टस हारेर ब्याटिङका लागि निम्त्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३५५ रनको बनाएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

१९९६ मा विश्वकपको उपाधि जित्न सफल श्रीलंकाका लागि कुशल मेन्डिसले सबैभन्दा धेरै ७८ रन बनाए । सधीरा समरविक्रमाले ७३ रन बनाउँदा ओपनर पाथुम निसान्काले ५७ र दिमुथ करुणारत्नेले ५२ रन बनाए । चरिथ असलंकाले अविजित ४८ रन बनाए भने वानिन्दु हसरंगा २३ रनमा अविजित रहे ।

यूएईका अली नासरले दुई विकेट लिए । बासिल हमीद, आयान अफजल खान र रोहन मुस्तफाले एक–एक विकेट लिए ।

छनोट प्रतियोगितामा श्रीलंका र यूएई समूह ‘बी’मा छ । यस समूहमा श्रीलंका र यूएईबाहेक आयरल्यान्ड, ओमान र स्कटल्यान्ड छन् । आजै जारी अर्को खेलमा आयरल्यान्डले ओमानलाई जितका लागि २८२ रनको लक्ष्य पेस गरेको छ ।

प्रतियोगितामा पहिलो दिन समूह ‘ए’मा आयोजक जिम्बाब्वेले नेपाललाई आठ विकेटले हराएको थियो भने दुई पटकको विश्व विजेता वेष्ट इन्डिजले अमेरिकालाई ३९ रनले हराएको थियो ।

दुवै समूहका शीर्ष तीन टिमले प्रतियोगिताको सुपर–६ मा स्थान पक्का गर्नेछन् । सुपर–६ बाट शीर्ष दुई टिमले भारतमा हुने विश्वकपमा स्थान पक्का गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro