site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विपत्मा उद्धार, क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण 
फाइल तस्बिर ।

काठमाडौं । सांसदहरूले पूर्वी पहाडी जिल्लाहरूमा केही दिनदेखि लगातार परेको वर्षाका कारण ठूलो विपत्ति भएको भन्दै उद्धार, राहत र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद दीपक खड्काले संखुवासभासहित पूर्वी पहाडी जिल्लामा वर्षापछि बाढीपहिरोका कारण ठूलो विपत्ति निम्तिएको बताए । जनधनको क्षति हुनुका साथै सञ्चार सम्पर्कमा समेत समस्या आएको उनले उल्लेख गरे । उनले तत्काल राहत, उद्धार र क्षतिपूर्तिका लागि संसद्ले ‘रुलिङ’ गर्नुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

“पूर्वी पहाडी जिल्ला संखुवासभा, तेह्रथुम र पाँचथरमा पहिरोका कारण संकटमा छन् । धनजनको क्षति भएको छ । दुईवटा पक्की पुलसहितका पुलहरू बगाएको छ । खोला किनारका बालीनाली नष्ट भएको छ,” सांसद खड्काले भने, “क्षतिग्रस्त जिल्लामा उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था होस् । सरकारलाई सभामुखबाट रुलिङ होस् ।”

उनले धेरै क्षति भएको भन्दै उद्धार, राहत र क्षतिपूर्तिका लागि जुट्न संघीय, प्रादेशिक र स्थानीय सरकारसँगै राजनीतिक दललाई आह्वान समेत गरे । सुपरहेवा जलविद्युत् आयोजनाको पावरहाउसमै क्षति पुगेको र विद्युत् आपूर्ति बन्द भएको उनले जानकारी गराए ।

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले वर्षापछि ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र पाँचथरमा ठूलो क्षति भएको तथा ताप्लेजुङको हेवाखोला पुल बगेकाले सडक सम्पर्क टुटेको बताए ।

“फत्तालुङसहितका दर्जनौँ ठाउँमा घरहरू क्षति भएको छ । नजिकका स्कुलहरूमा आश्रय लिनुपर्ने अवस्था भएको छ,” उनले भने, “हेवाखोला पुल बगाएपछि ताप्लेजुङको सडक सम्पर्क टुटेको छ ।”

उनले सरकारका तर्फबाट विपत्को यथार्थ जानकारी गराउन पनि माग गरे । “विभागीय हिसाबले गृहमन्त्रीको जिम्मेवारी हुन आउला, संसद्मा विपत्को विषयमा सरकारको जवाफ आओस्,” सांसद भट्टराईले भने, “साथै, उद्धार, राहत र क्षतिपूर्तिमा पनि तदारुकता देखाओस् ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro