site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मती सफा बनाउन सबैको भूमिका आवश्यक छ : मन्त्री गुरूङ

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरूङले वाग्मती सफा गर्न नागरिक र सरकार सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताएकी छन् । उनले सरकारले वाग्मतीसहित काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न र सौन्दर्यकरण गर्न विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको र त्यसका लागि थप नागरिक सक्रियता र खबरदारी आवश्यक रहेको बताइन् ।

शनिबार काठमाडौंको गुहेश्वरीमा निर्माण भएको ढल प्रशोधन केन्द्र र वाग्मती करिडोरको स्थलगत निरीक्षणपछि मन्त्री गुरूङले भनिन्, “वाग्मतीलाई सफा गर्न, सुन्दर बनाउन सरकारले यी परियोजनाहरू सञ्चालन गरेको छ । तर, वाग्मती अझै सङ्लो भइसकेको छैन ।”

Dabur Nepal
NIC Asia

उनले थपिन्, “नदीमा फोहोर फ्याँक्ने, ढल बगाउने र प्रदूषित गर्ने काम यसको वरपर बसेका हामीहरूबाटै भइरहेको छ । त्यसैले वाग्मती सफाइका लागि नागरिकको पनि थप सक्रियता र खबरदारी आवश्यक छ ।”

उनले वाग्मती सफाइका लागि लामो समयदेखि स्वयंसेवी अभियान सञ्चालन भइरहेको भन्दै त्यसको प्रशंसासमेत गरिन् । मन्त्री गुरूङले नदीमा फोहोर नफाल्ने र घरबाट निस्किएको ढललाई मात्रै प्रशोधन गर्न सकेको अवस्थामा छोटो समयमै वाग्मतीलाई सफा र स्वच्छ बनाउन सकिने बताइन् ।

“घर–घरबाट निस्किएको ढल त्यत्तिकै नदीमा मिसिइरहेको छ, त्यही ढललाई हामीले प्रशोधन गर्न गुहेश्वरीको यो ढल प्रशोधन केन्द्र हो, यो पहिलो र परीक्षणका लागि गरिएको नमुना परियोजनासमेत थियो,” उनले भनिन्, ‘यसले वाग्मतीमा मिसिँदै आएको ढललाई प्रशोधन गर्न सफल भएको छ । त्यसकारण सरकारले थप सातवटा यस्तै प्रशोधन केन्द्रहरु बनाइरहेको छ ।”

उनले ती सबै प्रशोधन केन्द्रहरू निर्माण भएको अवस्थामा नदी सफाइका लागि थप मद्दत पुग्ने बताइन् ।

हाल गुहेश्वरीमा सञ्चालित ढल प्रशोधन केन्द्रबाट दैनिक तीन करोड २० लाख लिटर पानी प्रशोधन हुँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro