site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विभागको निर्देशन : विवरण नबुझाएका ४० लाखभन्दा बढी आय भएकाको विवरण हेर्नू

काठमाडौं । सरकारले ४० लाख रूपैयाँभन्दा बढी आय भएका प्राकृतिक व्यक्तिहरूको पहिचान गर्न सक्ने व्यवस्था गरेको छ । ४० लाख रुपैयाँ आय भएका कतिपयले आय विवरण पेस नगर्ने पाइएको भन्दै त्यसलाई सही पहिचान गर्न आन्तरिक राजस्व विभागले प्रणाली बनाएको हो ।

४० लाखभन्दा बढी आय भएकाहरूको विवरण ‘टीडीएस–इन्कम ट्याक्स रिपोर्टस्–पीपीएएन ट्रान्जेक्सनभित्र पीपीएएन इन्कम फर्म इटीडीएस एबोभ फोर्टी लाख समरी रिपोट’बाट करदाताको विवरण हेर्न सकिने व्यवस्था गरिएको छ ।

ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सबै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरूले यो सिस्टम यस्ता विवरण हेर्न सक्नेछन् । टीडीएस भने अहिले परीक्षणमा रहेको बताइएको छ ।

“कतिपय करदाताको विवरण हेर्दा ४० लाख रुपैयाँभन्दा बढीको आय भएकोमा अग्रिम करकट्टी न्यून कट्टी गरेको देखिन्छ । अतः कार्यालयहरुबाट टीडीएस परीक्षणको क्रममा ४० लाख रुपैयाँ वा सोभन्दा बढी आय हुने करदाताको विवरण हेरेर नियमानुसार टीडीएस रकम दाखिला गरे/नगरेको, विवरण दिए/नदिएकोलगायतका टीडीएससम्बन्धी हेर्नुपर्ने सबै विषयको चेक जाँच, परीक्षणसम्बन्धी सम्पूर्ण कार्य गरी सोको प्रगति ईआइएमएसमा प्रविष्ट गर्नुहुन आदेशानुसार अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro