राजनीति
काठमाडौं । संसदीय समितिले प्रधानन्यायाधीशविरुद्ध उजुरी दिएकाहरूलाई उजुरीबारे स्पष्टीकरणका लागि बोलाएको छ । संसदीय समितिले बोलाएका सबै उजुरीकर्ता एकैसाथ आएका छन् ।
तर, समितिले उनीहरूलाई एक–एक गरेर बैठक कक्षमा प्रवेश गर्न भनेको छ । तर, उजुरीकर्ताले आफूहरूलाई सामूहिक रूपमा प्रवेश गर्न दिनुपर्ने माग राखेर ढोकाबाहिर नाराबाजी गरेका छन् ।
उनीहरूले प्रस्तावित प्रधानन्यायाधीशकै विरुद्ध पनि तथानाम गरिरहेका छन् ।
“यी न्यायाधीशहरू भ्रष्टाचारीको संरक्षक हुन्,” समितिमा आफ्ना कुरा राख्न आएकी एक उजुरीकर्ताले भनिन्, “यी भ्रष्ट नेताहरूलाई कारबाही गर्नुपर्ने होइन । गर्छ यिनीहरूले कारबाही ?”
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० १३:००
प्रतिक्रिया दिनुहोस्